पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
दशकौंदेखि राजनीति गर्दै पटक–पटक सांसद र मन्त्री बनेका रिजाल आफ्नो क्षेत्रमा अपेक्षित विकास र सेवा पुर्याउन असफल भएको भन्दै स्थानीय मतदातामा असन्तोष देखिएको छ।
कार्यक्रममा रिजालले कांग्रेसको नीति, कार्यक्रम र विकास एजेन्डा प्रस्तुत गर्दै मतदातासँग संवाद गरेका थिए। तर स्थानीयवासीले शिक्षा, स्वास्थ्य, सडक र रोजगारी जस्ता आधारभूत सुविधामा सुधार नआएको गुनासा गरेका छन्। एक मतदाताले भने, “धेरै पटक जितेर मन्त्री भइसके, तर हाम्रो गाउँको अवस्था उस्तै छ, यसपालि हामी रुष्ट छौं।”
स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहँदा पनि मतदाता असन्तुष्ट देखिएकोले चुनावी दबाव र चुनौती आगामी निर्वाचनमा रिजालका लागि बढ्ने अनुमान गरिएको छ।







Discussion about this post