राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनाबारे गलत भाष्य निर्माण गरिएको टिप्पणी गरेका छन्। मंगलबार झापा–५ का मतदातासँगको कुराकानीमा उनले प्रदेश संरचनाका कारण देश कमजोर भएको भन्ने धारणा भ्रमपूर्ण रहेको बताए।
मतदातासँग शिक्षा र स्वास्थ्य क्षेत्रमा संविधानअनुसार काम गर्न बजेट अभाव रहेको चर्चा भइरहँदा एक मतदाताले प्रदेश संरचना खारेज गरे बजेट बचत हुने दाबी गरेका थिए। त्यसको जवाफमा बालेनले प्रदेश संरचनामा हुने खर्च न्यून रहेको र तलबकै कारण देश कमजोर भएको भनाइ गलत भएको स्पष्ट पारे।
उनले भने, “प्रदेश संरचनामा न्यून खर्च हुन्छ। मन्त्री र सांसदले खाएको तलबले देश यस्तो अवस्थामा पुगेको होइन।”
देश कमजोर हुनुको मुख्य कारण तलब होइन, भ्रष्टाचार भएको भन्दै बालेनले गलत प्रचारबाट जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको उल्लेख गरे।







Discussion about this post