राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न प्रोत्साहन दिएका छन ।
नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा टोकियोमा आज आयोजित व्यापारिक अन्तरक्रियामा उनेले नेपाल सरकारले विदेशी लगानीमा पूर्ण सहयोग र सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रपति पौडेलले नेपालमा स्थिर आर्थिक वातावरण तयार भएको र कृषि, जलस्रोत तथा पर्यटन जस्ता क्षेत्रमा ठूलो सम्भावना रहेको बताए। लगानी बोर्डले ठूला लगानीकर्तालाई एकद्वार सेवा दिने गरेको र अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई दक्षिण एशियाकै अनुकूल व्यावसायिक वातावरण भएको देशको रूपमा मूल्याङ्कन गरेको उनले उल्लेख गरे।
उनेले नेपालको भौगोलिक अवस्थिति, भारत र चीनको बीचमा रहेको, लगानीकर्तालाई बृहत् फाइदा दिने पनि बताए। कार्यक्रममा सहभागी जापानी व्यापारीहरूले नेपालमा लगानीका अवसर पाउँदा उत्साहित भएको र यसले लगानीको ढोका खोल्न सहयोग पुग्ने धारणा व्यक्त गरे।







Discussion about this post