पिपुल फर्स्टका उम्मेदवार हैदरको वडा १८ र २१ मा घरदैलो सम्पन्न

आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि झन् तीव्र बन्दै गएको छ। विभिन्न दलका उम्मेदवारहरूले मतदातासँग प्रत्यक्ष भेटघाट र घरदैलो मार्फत आफ्नो उपस्थिती देखाइरहेका छन्।

यसै क्रममा पिपुल फर्स्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार जाबेद एकबाल हैदरले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिएका छन्। आज उनले वडा नम्बर १८ र २१ मा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै समस्या सुनेका थिए।

मतदातासँगको संवादमा हैदरले भने, “परिवर्तनका लागि मलाई चुन्नुस्। म जनताको आवाज संसदसम्म पुर्‍याउनेछु।” उनले आफ्नो चुनावी एजेन्डा समेत प्रस्तुत गर्दै सुशासन, विकास र स्थानीय सुविधामा केन्द्रित प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय बासिन्दाले पनि यस अवसरमा उम्मेदवारसँग प्रत्यक्ष संवाद गर्न पाउँदा खुशी व्यक्त गरेका थिए र आफ्ना सुझाव र अपेक्षाहरू राखेका थिए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित