पश्चिम बङ्गालमा निपाह भाइरस पुष्टि

भारतको पश्चिम बङ्गाल राज्यमा दुई व्यक्तिमा निपाह भाइरस पुष्टि भएपनि उनीहरूसँग सम्पर्कमा आएका सबै १९६ जनामा भाइरसको सङ्क्रमण नभएको भारतको रोग नियन्त्रण केन्द्र (एनसीडीसी)ले जनाएको छ।

एनसीडीसीका अनुसार डिसेम्बरयता पश्चिम बङ्गालमा मात्र दुई स्वास्थ्यकर्मीमा निपाह सङ्क्रमण देखिएको हो र दुवैलाई आईसीयूमा उपचार भइरहेको छ।

पश्चिम बङ्गालबाट दैनिक सयौं मानिसको आवतजावत र खुला सीमाका कारण नेपालमा पनि निपाह भाइरस फैलिने सम्भावना प्रति चिन्ता बढेको थियो। जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले हवाई तथा स्थल नाकामा हेल्थ डेस्क स्थापना गरी सम्भावित लक्षण भएका व्यक्तिहरूको निगरानी गरिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपाह भाइरस सुँगुर वा फल खाने चमेराबाट मानिसमा सर्छ र सङ्क्रमण भएमा प्रारम्भिक लक्षण जस्तै ज्वरो, टाउको दुख्ने, वाकवाक लाग्ने र बान्ता देखिन्छ। अवस्था बिग्रँदा सास फेर्न गाह्रो र गिदी सुन्निने समस्या देखिन सक्छ। मृत्युदर ४०–७५ प्रतिशतसम्म रहेको छ। हालसम्म निपाह भाइरसविरुद्ध कुनै खोप वा औषधि विकास भएको छैन।

विश्व स्वास्थ्य सङ्गठनले निपाह भाइरसबाट बच्न चमेरा र बिरामी जनावरबाट टाढा रहन, फलफूल राम्ररी धोएर र बोक्रा ताछेर मात्रै खान सिफारिस गरेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित