कांग्रेसको महाधिवेशन प्रदेश–पालिका चुनाव अघि सम्पन्न हुने – सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र पालिकाको निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन सम्पन्न हुने बताएका छन्।

निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टी कार्यकर्तासँगको भेटघाटमा सभापति थापाले महाधिवेशनले पार्टीभित्र टिकट वितरण प्रक्रिया तल्लो तहबाट सुरु हुने दाबी गरे। उनले अब प्रदेशको टिकटका लागि कुनै कार्यकर्ताले सभापति वा महामन्त्रीको घर धाउनु नपर्ने बताए।

थापाले कांग्रेसमा कुनै गुट नरहेको र विगतमा अपनाइएको ६०/४० भागबन्डा प्रणाली अब सकिएको पनि उल्लेख गरे । पार्टीभित्र र बाहिर कुनै प्रकारको भागबन्डा नगर्ने नीतिका साथ कांग्रेसले अब परिवर्तनतर्फ अघि बढेको उनको दाबी छ ।

सभापति थापाले कांग्रेसको नयाँ नेतृत्वले केवल व्यक्ति मात्र नभई सोच, सङ्कल्प, शैली र काम गर्ने तरिकामा समेत परिवर्तन ल्याउने बताउँदै “बदलिएको कांग्रेसले नेपाल बदल्ने” सङ्कल्प व्यक्त गरे ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित