निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएयता राजनीतिक दल, उम्मेदवार र संस्थासमेत गरी २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार तीमध्ये पाँच वटाको जवाफ प्राप्त भइसकेको छ भने बाँकीका लागि ताकेता भइरहेको छ।
आचारसंहिता कार्यान्वयन र निगरानीलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लामा अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।
यसैबीच, मिथ्या, भ्रमपूर्ण र घृणास्पद सामग्रीको निगरानी गर्ने सूचना सदाचार प्रवर्द्धन इकाइले ३ सय २ वटा हानिकारक सूचना पहिचान गरेको छ। ती सामग्रीलाई निर्वाचन आचारसंहिता, विद्युतीय कारोबार ऐन २०६३ र प्रेस काउन्सिल ऐन २०४८ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जानकारी दिएको छ।







Discussion about this post