म्यान्मारबाट ठगी धन्दा चलाउने गिरोहका ११ जनालाई चीनमा मृत्युदण्ड

म्यान्मारबाट साइबर ठगी र जुवाघर सञ्चालन गर्दै आएको कुख्यात गिरोहका ११ जनालाई चीनले मृत्युदण्ड दिएको छ। चीनको जेजिआङ प्रान्तस्थित अदालतले हत्या, बन्धक बनाउने, ठगी र अवैध जुवा सञ्चालनजस्ता अभियोगमा दोषी ठहर गर्दै उनीहरूलाई सजाय सुनाएको हो।

अदालतका अनुसार अभियुक्तहरूले गरेको पुनरावेदन अस्वीकार भएपछि मृत्युदण्ड कार्यान्वयन गरिएको हो। उनीहरूका गतिविधिका कारण १४ जना चिनियाँ नागरिकको ज्यान गएको अदालतले जनाएको छ। मृत्युदण्ड पाउने सबै अभियुक्त मिङ परिवारका सदस्य रहेका छन्।

म्यान्मार–चीन सीमावर्ती लाउकाइङ क्षेत्रमा मिङ परिवारले जुवाघर, वेश्यालय र साइबर ठगी केन्द्र सञ्चालन गर्दै आएको थियो। चीनको दबाबपछि म्यान्मारको सेनाले सन् २०२३ मा उनीहरूलाई पक्राउ गरी चीनलाई सुपुर्दगी गरेको थियो।

अदालतका अनुसार मिङ परिवारले सन् २०१५ देखि २०२३ सम्म ठगी र जुवाघरबाट करिब १ खर्ब ४ अर्ब अमेरिकी डलर अवैध आम्दानी गरेको थियो। चिनियाँ सञ्चारमाध्यमका अनुसार सन् २०२३ यता म्यान्मारमा साइबर ठगीमा संलग्न ५७ हजारभन्दा बढी चिनियाँ नागरिक पक्राउ परेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित