नारायणी अस्पतालमा नवजात शिशु र आमालाई कपडा वितरण

नारायणी अस्पतालमा जेनजी युवाको पहलमा नवजात शिशु र सुत्केरी आमाका लागि कपडा वितरण गरिएको छ। राहुल गुप्ताको नेतृत्वमा आयोजित कार्यक्रममा १३५ जना नवजात शिशु तथा उनीहरूका आमालाई आवश्यक कपडा सहयोग प्रदान गरिएको हो।

स्वास्थ्य सेवामा सहकार्य र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर–२ का जसपा नेपालका उम्मेदवार अशोक कुमार टेमानीले यस्ता मानवीय कार्यले समाजमा सहयोग र सद्भावको भावना बलियो बनाउने बताए। नवजात शिशु र आमाको सुरक्षामा सानो सहयोग पनि अर्थपूर्ण हुने उनको भनाइ थियो।

कार्यक्रम संयोजक राहुल गुप्ताले समुदायको वास्तविक आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउँदै आगामी दिनमा स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा थप पहल गरिने जानकारी दिए।

कार्यक्रमले नवजात शिशु र सुत्केरी आमालाई प्रत्यक्ष राहत दिएको भन्दै सहभागीहरूले जेनजी युवाको सक्रियतालाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित