सिरहामा पूर्वमन्त्रीहरूको भिडन्त, चारै क्षेत्रमा चर्चित अनुहारबीच कडा प्रतिस्पर्धा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिरहा जिल्लामा चुनावी चहलपहल तीव्र बनेको छ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने तथा मन्त्री भइसकेका नौ जना उम्मेदवार मैदानमा उत्रिएकाले सिरहाको चुनाव यसपटक विशेष चासोको विषय बनेको छ।

सिरहा निर्वाचन क्षेत्र नं. १ मा नेकपा तर्फबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। दुवै उम्मेदवारको राजनीतिक पृष्ठभूमि बलियो भएकाले यहाँको चुनावी माहोल रोचक बन्दै गएको छ।

क्षेत्र नं. ३ मा पनि अनुभवी नेताहरू आमनेसामने छन्। नेकपा (एमाले) का पूर्वकानुनमन्त्री लीलानाथ श्रेष्ठ र नेकपाका पूर्वशान्ति तथा पुनःनिर्माणमन्त्री विश्वनाथ साहबीचको प्रतिस्पर्धाले यस क्षेत्रको चुनावी तापक्रम बढाएको छ। लामो समयदेखि राजनीतिमा सक्रिय यी दुई नेताबीचको भिडन्तलाई मतदाताले चासोका साथ हेरिरहेका छन्।

सबैभन्दा बढी चर्चा भने सिरहा निर्वाचन क्षेत्र नं. ४ ले पाएको छ, जहाँ पाँच जना पूर्वमन्त्रीहरू एकै क्षेत्रबाट प्रतिस्पर्धामा छन्। जनता समाजवादी पार्टी नेपालबाट पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेकपाबाट पूर्वन्याय तथा कानुनमन्त्री अजयशङ्कर नायक र नेकपा (एमाले)बाट पूर्वसामान्य प्रशासनमन्त्री धर्मनाथप्रसाद साह मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। साथै, जनमत पार्टीका तर्फबाट पूर्ववन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्वविज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवान पनि यही क्षेत्रबाट चुनावी मैदानमा छन्।

पुराना र पटक–पटक मन्त्री भइसकेका नेताहरूको वर्चस्व रहेको सिरहा–४ मा नेपाली कांग्रेसले भने नयाँ अनुहारका रूपमा चन्द्रकला देवी यादवलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तपेश्वर यादवलाई अघि सारेको छ।

पूर्वमन्त्रीहरूको बाक्लो उपस्थितिले सिरहाका निर्वाचन क्षेत्रहरू राष्ट्रिय राजनीतिको केन्द्रमा आएका छन्। अनुभवी नेताहरू र नयाँ अनुहारबीचको प्रतिस्पर्धाले सिरहाको चुनाव परिणामलाई थप अनिश्चित र रोचक बनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित