वीरगञ्जका व्यवसायी सुरजलाई बैंकिङ कसुरमा १ महिना कैद सजाय

बैंकिङ कसुरसम्बन्धी मुद्दामा वीरगञ्जका औषधि व्यवसायी सुरज चन्द्रवंशीलाई जिल्ला अदालत पर्साले १ महिना कैद सजाय सुनाएको छ।

जिल्ला अदालत पर्साका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले बुधबार चन्द्रवंशीलाई १ महिना कैद, बिगोको ५ प्रतिशत जरिवाना र साँवा तथा ब्याजसहित रकम असुल गर्ने फैसला गरेको हो।

चन्द्रवंशी वीरगञ्ज–विर्तास्थित ओम साई क्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर तथा ओम साई औषधि पसलका सञ्चालक हुन्। उनीमाथि बैंकिङ कसुरको अभियोग पुष्टि भएपछि अदालतले फैसला सुनाएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला पकाहा मैनपुर गाउँपालिका वडा नम्बर–१ स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ बसोबास गर्ने चन्द्रवंशीलाई गत जेठ २८ गते पक्राउ गरिएको थियो।

पक्राउपछि २ लाख रुपैयाँ धरौटीमा उनलाई जमानतमा छाडिएको थियो। अदालतले अन्तिम सुनुवाइपछि दोषी ठहर गर्दै कैद, जरिवाना र बिगो असुल गर्ने आदेश दिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित