‘छौरो’ विवादमा महेश बस्नेतको स्पष्टीकरण र क्षमायाचना

नेकपा एमालेका सचिव महेश बस्नेतले ‘म मधेशको छौरो’ भन्ने अभिव्यक्तिलाई लिएर आफ्नो भनाइलाई तोडमोड गरी गलत नियतले प्रचार गरिएको बताएका छन्।

सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै उनले आफूले मैथिली भाषामा ‘छौरो’ शब्दको अर्थबारे सामान्य जिज्ञासा मात्र राखेको स्पष्ट पारेका छन्।

बस्नेतले मधेश, मैथिली भाषा, संस्कृति र पहिचानप्रति सधैं सम्मान रहेको उल्लेख गर्दै आफूले नबोलेका विषयलाई गलत अर्थ्याएर प्रचार नगर्न आग्रह गरेका छन्।

केही व्यक्तिहरूले जानीजानी आफ्नो भनाइलाई फरक ढंगले प्रस्तुत गरेको उनको दाबी छ।

उनले गलत अर्थ लगाएर फैलाइएको प्रचारबाट भ्रममा नपर्न सबैलाई आग्रह गर्दै यस क्रममा अनजानमा कसैको भावना दुखेको भए क्षमा मागेका छन्।

पछिल्ला दिनहरूमा ‘छौरो’ शब्दको अर्थ र प्रयोगलाई लिएर मधेश केन्द्रित राजनीतिक तथा सामाजिक बहस चर्किरहेको सन्दर्भमा बस्नेतको यो स्पष्टीकरण आएको हो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित