कवरथुवा पाण्डा बाबाहरूले गरे बिहारको विराट रामायण मन्दिरमा ३३ फिटको शिवलिङ्ग दर्शन

वीरगंज महानगरपालिका–मुर्ली काफ्लाका कवरथुवा पाण्डा बाबाहरूले भारतको बिहार राज्यस्थित कथवलिया गाउँमा रहेको विराट रामायण मन्दिर पुगेर भगवान् श्री भोलेनाथको ३३ फिट अग्लो विशाल शिवलिङ्गको दर्शन गरेका छन्।

धार्मिक भ्रमणका क्रममा एस. टि.पि खबरका सञ्चारकर्मी मिथुन सर्राफलगायतले समेत मन्दिरमा विशेष पूजा–अर्चना तथा दर्शन गरेका हुन्। कथवलिया गाउँमा अवस्थित विराट रामायण मन्दिर धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै गएको छ, जहाँ स्थापित विशाल शिवलिङ्गले श्रद्धालुहरूको विशेष आकर्षण बढाएको छ।

दर्शनमा सहभागीहरूले शिवलिङ्गको भव्यता, मन्दिरको आध्यात्मिक वातावरण र धार्मिक महत्वले आफूहरू गहिरो रूपमा प्रभावित भएको प्रतिक्रिया दिएका छन्। पाण्डा बाबाहरूले यस्ता धार्मिक यात्राले धार्मिक चेतना अभिवृद्धि हुनुका साथै नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

oplus_34

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित