शुक्रबारदेखि वर्षासँगै चिसो बढ्ने सम्भावना

मौसमविद्हरूले पर्सि शुक्रबारदेखि देशका विभिन्न भागमा वर्षासँगै चिसो बढ्न सक्ने अनुमान गरेका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना बढी छ भने काठमाडौँसम्म हल्का वर्षा हुन सक्छ।

मौसमविद् उज्ज्वल उपाध्यायले भूमध्य सागर क्षेत्रमा विकसित प्रणालीका कारण शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षा हुने र यसको प्रभाव गण्डकीसम्म पुग्ने बताएका छन्। बागमती प्रदेशमा भने सामान्य असर मात्र रहनेछ।

जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार शुक्रबारदेखि आइतबारसम्म पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली हुँदै पूर्वी भागसम्म हिउँदे वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। तराईमा वर्षाको सम्भावना कम भए पनि बादलका कारण हुस्सु हट्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले पनि शुक्रबार सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुन सक्ने जनाएको छ। मौसमविद्हरूका अनुसार केही दिन चिसो बढेपछि पुनः घाम लागेर तापक्रम क्रमशः बढ्नेछ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित