नेकपा एमालेले पर्साका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्यायो

नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले पूर्वमन्त्रीदेखि नवप्रवेशी तथा जिल्लाबाट सिफारिस प्राप्त उम्मेदवारसम्मलाई चुनावी मैदानमा उतारेको छ।

पर्सा क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी एमाले प्रवेश गरेका प्रदीप यादव उम्मेदवार बनेका छन्। क्षेत्र नम्बर २ बाट भने कुनै पनि तहको औपचारिक सिफारिसबिनै रिमा यादवलाई टिकट दिइएको छ।

यसैगरी, पर्सा क्षेत्र नम्बर ३ बाट रुपेश पाण्डे उम्मेदवार बनेका छन्। पाण्डेलाई पनि औपचारिक सिफारिसबिना टिकट दिइएको र पार्टी प्रवेशसम्बन्धी विषयमा विवाद रहेको बताइएको छ। पर्सा क्षेत्र नम्बर ४ बाट भने जिल्ला तहबाट सिफारिस प्राप्त गरेका जालिम मियाँ उम्मेदवार बनेका छन्।

मियाँ २०७९ सालको निर्वाचनमा पराजित भएका थिए।
एमालेले उम्मेदवार छनोट गर्दा विभिन्न पृष्ठभूमि र समीकरणलाई आधार बनाएको देखिए पनि केही क्षेत्रमा सिफारिस प्रक्रिया र निर्णयप्रति आन्तरिक असन्तुष्टि देखिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित