फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ र ४ का उम्मेदवार टुंगो लगाएको छ।
शनिबार साँझ बसेको एमाले सचिवालय बैठकले पर्सा–३ बाट प्रमोद जयसवाल र पर्सा–४ बाट जालिम मियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि शनिबार नै पर्सा–३ बाट उम्मेदवार बन्ने चर्चामा रहेका रुपेश पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका थिए। तर सचिवालय बैठकले उनलाई नभई जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पर्सा क्षेत्र नम्बर १ र २ मा भने उम्मेदवारबारे छलफल जारी रहेकाले हालसम्म टुंगो नलागेको एमाले नेता लेखराज भट्टले जानकारी दिए। उनका अनुसार ती दुवै क्षेत्रमा उम्मेदवारको अन्तिम निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।







Discussion about this post