नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको पक्षलाई मान्यता दिएको छ।
शुक्रबार बसेको आयोग बैठकले पार्टीको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै त्यसबाट चयन भएको कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो।
२७–३० पुसमा काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सोही आधारमा थापा पक्षले आयोगमा पार्टी विवरण अद्यावधिकका लागि निवेदन दिएको थियो भने शेरबहादुर देउवा समूहले त्यसको विपक्षमा आपत्ति दर्ता गराएको थियो।
विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू र आयोगका सचिवबीच छलफलपछि आयोगले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई आधिकारिक ठहर गरेको हो।
निर्णयपछि कांग्रेसभित्र थप राजनीतिक चहलपहल देखिएको छ। आधिकारिकता गगन थापा पक्षलाई दिएपछि देउवा समूहले विरोध जनाउँदै नाराबाजी गरेको छ।







Discussion about this post