पर्सामा निर्वाचन प्रहरीमा आवेदनको भीड, मागभन्दा दोब्बर आवेदन परे

पर्सामा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीमा सोचेभन्दा धेरै आवेदन परेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ कुल दुई हजार ८५२ जनाको माग गरिएको भए पनि आवेदन संख्या निकै बढी देखिएको हो।

नेपाल प्रहरीतर्फ पाँच हजार ३९९ जना, सशस्त्र प्रहरीतर्फ ५२१ जना आवेदन दर्ता भइसकेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार पहिलो पटक आवेदन दिने पुरुष तीन हजार १४७ र महिला ६०३ छन् । त्यस्तै, विगतमा म्यादी प्रहरीको रूपमा काम गरेका ६८७ पुरुष र १५३ महिला तथा पूर्वसुरक्षाकर्मी १२ पुरुष र एक जना विदेशी सैनिक पनि आवेदन दिएका छन् ।

सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी मोहन निरौलाले भने, “निर्वाचन प्रहरीमा युवादेखि वरिष्ठ उमेर समूहसम्म आवेदन दिइरहेका छन्।” सशस्त्र प्रहरीतर्फ आवेदन दिन माघ ३ गतेसम्म समय दिइएको छ।

रौतहटमा पनि आवेदन उल्लेखनीय रहेको छ। त्यहाँ माग अनुसारको संख्या भन्दा धेरै आवेदन परेको छ। कुल छ हजार ७३६ जनाले आवेदन दिएका छन्, जसमा पाँच हजार ३४८ पुरुष र ९३६ महिला रहेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित