लामिछानेमाथिको मुद्दा फिर्ता निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन

महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

युवराज पौडेल (सफल) ले बुधबार उक्त निर्णय गैरकानुनी र बदनियतपूर्ण भएको दाबी गर्दै महान्यायाधिवक्ताको कार्यालय, सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयहरू र लामिछानेलाई विपक्षी बनाई रिट पेस गरेका हुन्। रिटमा पुस ३० गतेको निर्णय बदर गर्न माग गर्दै सहकारी ठगीसहितका मुद्दामा कानुनी प्रक्रिया कमजोर नबनाउन अदालतको आदेश माग गरिएको छ।

नयाँ प्रमाण नभएसम्म अभियोग संशोधन गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै अभियुक्तलाई उन्मुक्ति दिने उद्देश्यले निर्णय गरिएको निवेदकको जिकिर छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित