इमानदार नेतृत्व र दीर्घकालीन सोच बिना विकास सम्भव छैन : बालेन शाह

काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकास लोकप्रिय नाराले नभई इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोणबाट मात्र सम्भव हुने बताएका छन्।

२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने संकेत गरेका हुन्। उनले भूकम्पपछिको पुनर्निर्माणमा सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्र करिब २५ सय घर निर्माण गरेको र ३५ भन्दा बढी जिल्लामा काम गर्दा प्राप्त अनुभवले आफूलाई देश बुझ्न सहयोग गरेको उल्लेख गरेका छन्।

नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशलाई केवल इन्जिनियरिङ दृष्टिले मात्र नभई सामाजिक, भौगोलिक र मानवीय पक्षलाई समेत सँगसँगै लिएर अघि बढ्नुपर्ने शाहको भनाइ छ। यही बुझाइका आधारमा संरचनागत इन्जिनियरिङ अध्ययन गरी विदेश बस्ने अवसर त्यागेर स्वदेश फर्किएको उनले बताएका छन्।

काठमाडौँ महानगरको नेतृत्व सम्हाल्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाह्यो भने जनताको जीवनस्तर सुधार गर्न सकिन्छ भन्ने प्रमाणित भएको बताए। महानगरमा सुरु भएका सुधार र पारदर्शी अभ्यासलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको उनको संकेत छ।

आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने चर्चा चलिरहेका बेला शाहले अल्पकालीन निर्णय र लोकप्रिय नाराको सट्टा जनताको विश्वास जित्ने शासन व्यवस्था आवश्यक रहेको बताएका छन्। उनका अनुसार अबको राजनीतिक यात्रा सुरक्षित, दिगो र व्यवस्थित नेपाल निर्माणतर्फ केन्द्रित हुनेछ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित