वीरगञ्जमा माघी पर्व सांस्कृतिक रौनकसहित सम्पन्न

माघे खिचडी मूल समारोह समिति पर्साको आयोजनामा वीरगञ्जमा माघे पर्व उल्लासपूर्वक मनाइएको छ । आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० को अवसर पारेर सांस्कृतिक कार्यक्रम, र्या्ली तथा शुभकामना आदान–प्रदानसहित विविध गतिविधि आयोजना गरिएको हो ।

थारु समुदायको पहिचान र परम्परालाई सार्वजनिक रूपमा उजागर गर्ने उद्देश्यले वीरगञ्ज नगर परिक्रमा गर्ने सांस्कृतिक र्याहली निकालिएको कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीले बताए । र्याञलीपछि सुमिगपुल क्षेत्रमा मुख्य कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा घुम्टो, सामा–चकेवा, झम्टा, थारु पूर्वी नाचलगायत परम्परागत नृत्य तथा गीत प्रस्तुत गरियो । बालबालिकाले समेत गीत–नृत्य र कला प्रदर्शनीमार्फत सहभागिता जनाएका थिए । साथै घोङ्गी, माछा, केकडा, परेवा, हाँस, कुखुरा र चिचरजस्ता थारु समुदायका मौलिक परिकारहरूको प्रदर्शनीले दर्शकको ध्यान तानेको थियो ।

समारोहका आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारका अनुसार माघ ३० गते मोटरसाइकल र्यानली र साँझ घण्टाघरमा दीप प्रज्वलन गरी पर्वको औपचारिक सुरुवात गरिएको थियो । आजको मुख्य कार्यक्रममा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

माघे पर्वका अवसरमा आयोजित कार्यक्रममा पर्सा जिल्लाका आदिवासी जनजाति समुदायका साथै विभिन्न वर्गका सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित