कांग्रेस महामन्त्रीद्वय थापा–शर्मा पाँच वर्षका लागि निष्कासित

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले थापा, शर्मा तथा सहमहामन्त्री फरमुल्ला मन्सुरसहित केही नेताहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

बैठकले पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको ठहर गर्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ। साथै, विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन पनि निर्देशन दिएको छ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई नेतृत्वले बेवास्ता गरेको आरोप लगाउँदै विशेष महाधिवेशन आह्वान गरेका थिए। यद्यपि, उनीहरू सहभागी रहेको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभए वैशाखमा गर्ने सहमति गरेको थियो, जसमा थापा र शर्माले फरक मत राखेका थिए।

विशेष महाधिवेशन पक्षधर थापा र शर्माले बन्दसत्रको हलबाट हुने निर्णय नै अन्तिम हुने दाबी गर्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए। पार्टी विभाजन रोक्न विभिन्न चरणमा शीर्ष नेताबीच छलफल भए पनि सहमति जुट्न सकेन। मंगलबार मात्रै नेताहरूबीच तीन चरणमा छलफल भएको थियो भने बुधबार बिहान सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वयको छलफल पनि निष्कर्षविहीन रह्यो।

निकास ननिस्किएपछि विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। सोहीअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको छ। निर्वाचन समितिले अन्य पदाधिकारी पदमा पनि मनोनयन दर्ता भइसकेको जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित