रौतहट जिल्लाको ईशनाथ नगरपालिका–२ अन्तर्गत सशस्त्र प्रहरी बलको चेकपोष्ट क्याम्प नजिकैको औरैया टोलमा एक जना अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।
घटनास्थलबाट हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन। स्थानीयवासी तथा सुरक्षा निकायको सहयोगमा मृतकको पहिचान खुलाउने प्रयास भइरहेको सम्बन्धित निकायले जनाएको छ।
यदि कसैले उक्त व्यक्तिलाई चिन्नुहुन्छ वा पहिचानसम्बन्धी कुनै जानकारी भएमा नजिकै रहेको सशस्त्र प्रहरी बल (बीओपी) कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।







Discussion about this post