हात्ती आक्रमणबाट प्रभावित १० परिवारलाई लहान नगरपालिकाको राहत

सिरहाको लहान नगरपालिका–१६ आरिदमार टोलमा एक साताअघि जङ्गली हात्तीको आक्रमणबाट क्षति व्यहोरेका १० घरपरिवारलाई लहान नगरपालिकाले आइतबार राहत वितरण गरेको छ।

पुस १७ गते राति भएको हात्ती आक्रमणबाट प्रभावित परिवारलाई प्रतिघर ५०–५० किलो चामलसहित खाद्यान्न वितरण गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी दिए। साथै वृद्धवृद्धा, सुत्केरी तथा विशेष संवेदनशील परिवारलाई फाइबर सिरकसमेत उपलब्ध गराइएको छ।

नगरप्रमुख चौधरीका अनुसार घर मर्मत तथा पुनःस्थापनाका लागि प्रत्येक पीडित परिवारलाई १० हजार रुपैयाँ नगद राहत प्रदान गरिनेछ। उनले दीर्घकालीन रूपमा जङ्गली जनावरको जोखिम न्यूनीकरण गर्न डिभिजन वन कार्यालय, सुरक्षाकर्मी र स्थानीय समुदायसँग समन्वय गरी पूर्वसूचना प्रणाली, निगरानी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित