काठमाडौंमा आइतबारदेखि सुरु हुने नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा बारा जिल्लाबाट ६० प्रतिशतभन्दा बढी प्रतिनिधि प्रस्थान गरेका छन्।
बाराका कुल १०४ महाधिवेशन प्रतिनिधिमध्ये करिब ७० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेर काठमाडौं गएका हुन्। केही प्रतिनिधि भने पहिल्यै आइपुगेका थिए। शनिबार जिल्ला सचिव राजेश रौनियारको नेतृत्वमा बाँकी प्रतिनिधिहरु बाराको कलैयाबाट काठमाडौं प्रस्थान गरेका थिए।
जिल्ला सभापति राजेश राय यादवले विशेष महाधिवेशनमा सहभागी नहुन ह्वीप जारी गरेका थिए भने केही प्रतिनिधि रोक्न दबाब समेत दिएका थिए । तर अधिकांश प्रतिनिधि ह्वीप र दबाबलाई अस्वीकार गर्दै नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको पक्षमा काठमाडौं पुगेको रौनियारले बताएका छन्। उनले आइतबार बिहानसम्म थप प्रतिनिधि पनि काठमाडौं पुग्ने दावी गरेका छन्।







Discussion about this post