वीरगंजमा फोरक्लिपको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

वीरगंजको परवानीपुर बाइपासमा शुक्रबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ।

प्रदेश २–०३–०२३ प ७१ नम्बरको पल्सर मोटरसाइकल माल बोक्ने फोरक्लिपसँग ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनापछि गम्भीर घाइते भएका चालकलाई उपचारका लागि वीरगंज–१४ बहुअरीस्थित वीरगंज हेल्थकेयर हस्पिटल पुर्या इएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ। शव अस्पतालमै राखिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई थप सतर्कता अपनाउन अनुरोध गरेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित