सरस्वती पूजाको नाममा शुल्क उठाउने विद्यालयमाथि महानगरको अंकुश

वीरगंज महानगरपालिकाले सरस्वती पूजाको बहानामा विद्यार्थीबाट शुल्क वा चन्दा नउठाउन सबै विद्यालयलाई निर्देशन दिएको छ।

निजी विद्यालयहरूले सरस्वती पूजाका नाममा रकम संकलन गर्न थालेको अभिभावकहरूको गुनासो आएपछि महानगरले बिहीबार औपचारिक सूचना जारी गरेको हो।

महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क वा चन्दा नलिन, लिइरहेको भए तत्काल रोक्न र उठाइसकेको रकम फिर्ता गर्न स्पष्ट निर्देशन दिइएको छ।

साथै सरस्वती पूजाको अवसरमा गरिने सम्पूर्ण गतिविधि मर्यादित, व्यवस्थित र शैक्षिक उद्देश्य अनुरूप सञ्चालन गर्न महानगरपालिकाले विद्यालयहरूलाई आग्रह गरेको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित