बारामा अफिमसहित पर्साका तिन जना पक्राउ

अफिमसहित पर्साका तिन जना बारामा पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर ११ बस्ने ३२ बर्षीय जौवाद अमहद , बहुदरमाई नगरपालिका वडा नम्बर ७ बस्ने ३८ बर्षीय निलेश पटेल कुर्मी र विन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने शेषनाथ चौरसिया रहेका छन ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ नक्तुवा स्थित पतंजलीबाट नकटुवातर्फ आउदै गरेको बी.आर ०१ सि.एल ६०७९ नम्बरको भारतीय कारलाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा कारको पछाडीक सिटमाथि कालो प्लास्टिकमा प्याक गरी राखिएको दुई किलो २४ ग्राम लागुऔषध अफिम फेला परेपछि तिनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय प्रसौनी बारा , लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय पर्साको संयुक टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसधान अगाडी बढाएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित