माओवादी केन्द्रका प्रदेश सांसद अन्सारीले गरे पार्टी परित्याग

साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्।

अन्सारीले बिहीबार हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै सदस्यता समाप्त गरेको घोषणा गरेका हुन्।

राजीनामापत्रमा उनले नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा मधेस प्रदेशमा गरिएको ‘सागर के तुफान को भी हमने बस में किया है…’ सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको उल्लेख गरेका छन्।

साथै, अन्सारीले साहस, इमान र जोखिमका मूल्य तीनै कुरा पार्टीले त्यागिसकेको उल्लेख गर्दै भनेका छन्, “म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु ।”

यस कदमसँगै प्रदेशसभा सदस्य रहबर अन्सारी अब पार्टीको नीति तथा निर्णयसँग अलग भएको स्पष्ट भएको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित