पर्सामा लागुऔषध चरेशसहित दुईजनाको पक्राउ

पर्सा प्रहरीले वीरगंज–पोखरिया सडकखण्डबाट लागुऔषध चरेशसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज–१५ का २० वर्षीय रैयास अलि र पोखरिया–८ का ५५ वर्षीय मुनिलाल पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरू विन्दवादिनी–२, गर्दौल चोक नजिकैबाट पक्राउ परेका हुन्। उनीहरूले कालो झोलामा राखिएको १० लिटरको ग्यालिनमा पानीसँग घिउ मिसाई चरेश छोपेर लैजाँदै थिए ।

खानतलासी गर्दा पटेलको ग्यालिनबाट ११ किलो ४ सय ग्राम चरेश, २९ सय नेपाली रुपैयाँ र एउटा किप्याड मोबाइल बरामद भएको छ। रैयासको साथबाट १० किलो ६ सय ग्राम चरेश र १५ सय ५० रुपैयाँ फेला परेको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित