साँखु–जर्सिङपौवा सडकमा बस दुर्घटना: मृतक ५, ३० भन्दा बढी घाइते

शंखरापुर नगरपालिका–३, लप्सीफेदीस्थित फेदी जङ्गलमा पर्ने जर्सिङपौवा–साँखु सडकखण्डमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

वनभोज सकेर फर्कँदै गरेको महानगर यातायातको बा ४ ख ८७८८ नम्बरको बस अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो। बसमा साँखुस्थित नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीका कर्मचारी सवार थिए।

प्रहरीका अनुसार सुरुमा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते गोकर्णेश्वर–५ का ५५ वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा निधन भएपछि मृतक संख्या ५ पुगेको हो। मृतकमध्ये तीन महिला र दुई पुरुष छन्।

दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएका छन्। उनीहरूको शंखरापुर अस्पतालसहित काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ, केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ भने मृतकका शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित