ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको अतिरिक्त जिम्मेवारी समेत रहेका घिसिङले बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।
नागरिक सरकारको अवधारणाअन्तर्गत गठन गरिएको मन्त्रिपरिषद्का केही सदस्यहरू दलीय राजनीतिमा संलग्न भएको विषयले पछिल्लो समय विवाद चर्किएको थियो।
यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमै मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग पद त्याग गर्न आग्रह गरेकी थिइन्।
राजीनामा बुझाएपछि घिसिङले ऊर्जा मन्त्रालयमै पत्रकार सम्मेलन गरी आफ्नो निर्णय र पछिल्लो राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्।
घिसिङ उज्यालो नेपाल पार्टीसँग निकट रहँदै आएका थिए र पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि वरिष्ठ उपसभापतिको जिम्मेवारी पाएका थिए।
गत भदौ ३० गते मन्त्री बनेका घिसिङको राजीनामासँगै नागरिक सरकारभित्र दलीय भूमिकाको विषय पुनः चर्चामा आएको छ।







Discussion about this post