खाद्य व्यवस्था कम्पनीद्वारा किसानबाट ६ हजार २७५ क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरी जिल्लाका किसानबाट हालसम्म ६ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ। कम्पनीले गत मङ्सिर २८ गतेदेखि धान खरिद प्रक्रिया सुरु गरेको हो।

कम्पनीका अनुसार दैनिक ५ देखि १५ जना किसानको धान संकलन भइरहेको छ। हालसम्म १६५ जना किसानले स्थानीय तहको सिफारिसमा आफ्नो उत्पादन बिक्री गरिसकेका छन्। यस वर्ष कुल १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा करिब आधा हिस्सा संकलन भइसकेको छ।

प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्ने नीति भए पनि स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्विन्टलसम्म धान लिइएको कम्पनीले जनाएको छ। धान बिक्री गर्ने किसानहरूमा धनुषाको लक्ष्मीनिया, नगराइन र क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानहरूको संख्या बढी रहेको छ।

सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ रुपैयाँ ३३ पैसा तोकेको छ। प्रादेशिक प्रमुख निर्मल थापाका अनुसार किसानलाई धानको भुक्तानी सिधै बैंक खातामा पठाउने व्यवस्था गरिएको छ।

कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धान संकलनको काम भइरहेको छ। खरिद अघि धानको गुणस्तर परीक्षण गरिने र मापदण्ड पुगेका गुणस्तरीय धान मात्र खरिद गरिने गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिइन्।

स्थानीय बजारमा उचित मूल्य नपाउने चिन्तामा रहेका किसानहरूका लागि सरकारी समर्थन मूल्यमा धान खरिद सुरु भएपछि राहत मिलेको छ। यद्यपि अझै धेरै किसान धान बिक्रीका लागि नाम दर्ता गराएर आफ्नो पालो पर्खिरहेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित