वीरगंजमा हिजो सोमबार साझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म लागू भएको कर्फ्यु आज दिउँसो १ बजेसम्म लम्बाइ दिइएको छ। तनावपूर्ण अवस्था र कर्फ्युको प्रभावका कारण शहरका प्रमुख सडक, बजार क्षेत्र र चोकचौराहामा सर्वसाधारणको आवतजावत न्यून देखिएको छ।
अधिकांश पसल र व्यवसायिक प्रतिष्ठान बन्द छन् भने संवेदनशील क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति छ।
सुरक्षाकर्मीहरूले गस्ती बढाएर शान्ति–सुरक्षा कायम राख्न सक्रिय प्रयास गरिरहेका छन्। प्रशासनले कुनै अप्रिय घटना नघोस् भनी उच्च सतर्कता अपनाएको जनाएको छ।
स्थानीय प्रशासनले नागरिकहरूलाई संयमता अपनाउन र अनावश्यक रूपमा घरबाहिर ननिस्कन अनुरोध गरेको छ।
कर्फ्यु खुला गर्ने वा थप गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय पर्साबाट औपचारिक निर्णय आउन बाँकी रहेको छ। प्रशासनका अनुसार अवस्था सामान्य नहुँदासम्म सुरक्षा सतर्कता जारी रहनेछ।







Discussion about this post