मधेस प्रदेश सरकारले प्रदेशका केही स्थानमा धार्मिक, जातीय विभेद र सामाजिक सहिष्णुतामा असर पार्ने गतिविधि देखिन थालेको भन्दै गम्भीर चासो व्यक्त गरेको छ।
यस किसिमका गतिविधिले समाजमा अशान्ति फैलिन सक्ने भन्दै सरकारले सर्वसाधारणलाई संयम र जिम्मेवारीपूर्वक व्यवहार गर्न आग्रह गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइने अफवाह, भ्रामक सूचना र उत्तेजक सामग्रीबाट टाढा रहन तथा यस्ता सामग्रीको प्रचार नगर्न स्पष्ट अनुरोध गरिएको छ।
मन्त्रालयले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुता कायम राख्न सबै नागरिकको सक्रिय भूमिका आवश्यक रहेको जनाएको छ।
प्रदेश सरकारले कुनै पनि शंकास्पद गतिविधि देखिएमा ढिलाइ नगरी नजिकको प्रशासन वा सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गर्दै शान्ति र सुरक्षाको वातावरण कायम राख्न सबैको सहकार्य अपेक्षा गरेको छ।







Discussion about this post