राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला सभापति हरी पन्तले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनपश्चात मधेसी युवा बालेन्द्र साह प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।
वीरगन्ज महानगरपालिका–१ मा आइतबार आयोजित रास्वपाको प्रथम वडा भेलामा बोल्दै सभापति पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसको छोरा बालेन्द्र साहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्नु आम मधेसबासी र मधेसका लागि गर्वको विषय भएको बताए।
उनले अब कसैले पनि मधेसको छोरालाई प्रधानमन्त्री बन्नबाट रोक्न नसक्ने समेत दावी गरे।
उक्त भेलामा धुरूप साहको सभापतित्वमा ११ सदस्यीय वडा ईकाइ समिति गठन भएको छ।
समितिको उपसभापति मनोज कुमार, सचिव धीरज साह कलवार, र सदस्यहरूमा धुरेन्द्र साह तेली, ललन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास, असलम मिया, राधे शाह तेली, गिरिजा देवी ठाकुर, र उमाराबती देवी रहेका छन्।
भेलामा रास्वपाका केन्द्रिय सदस्य डा. नन्दन यादब, क्षेत्रीय सभापति राम आर्य, वीरगन्ज महानगर सभापति अमन आलम लगायतका नेताहरूले पनि मन्तव्य राखेका थिए।
कार्यक्रममा महानगर उपसभापति परितोश द्विवेदी, सचिव गौतम श्रेष्ठ, जिल्ला सचिव सुदिष प्रजापति र कोषाध्यक्ष दिलीप कुर्मी लगायतका नेताहरूको उपस्थिती रहेको थियो।








Discussion about this post