बाराको कलैया उपमहानगरपालिका–४ का पूर्व वडा अध्यक्ष सहनीका छोरा ओमप्रकाश सहनीमाथि अज्ञात समूहले चक्कु प्रहार गरी घाइते बनाएको छ।
मोटरसाइकलमा आएका आक्रमणकारीहरूले सहनीको शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी घटनास्थलबाट फरार भएका छन्। घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको छ।
घटनाको कारण खुल्न सकेको छैन। प्रहरीले आक्रमणकारीको खोजी गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।







Discussion about this post