नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन् २०२६ का लागि वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ। क्यानले वर्षभर घरेलु तथा अन्तर्राष्ट्रिय दुवै तहका प्रतियोगिता समेटेर क्यालेन्डर सार्वजनिक गरेको हो।
क्यालेन्डरअनुसार सन् २०२६ मा जनवरीदेखि डिसेम्बरसम्म २८ वटा घरेलु प्रतियोगिता आयोजना हुनेछन्। यस्तै, ३२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला तथा पुरुष राष्ट्रिय टोली सहभागी हुनेछन्।
यस वर्ष नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्नेछ भने पुरुष टोलीले आईसीसी पुरुष टी–२० विश्वकपमा सहभागिता जनाउने छ ।
भारतमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप नेपाली टोलीका लागि सन् २०२६ को सबैभन्दा महत्वपूर्ण तथा ठूला प्रतियोगितामध्ये एक हुने क्यानले जनाएको छ।










Discussion about this post