अवतरणका क्रममा बुद्ध एयरको जहाज दुर्घटनाग्रस्त

काठमाडौँबाट भद्रपुर आउँदै गरेको बुद्ध एयरको एटीआर–७२ विमान शुक्रबार राति अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। रनवे पार गर्दै करिब ३०० मिटर पूर्वतर्फ घाँसे झाडी र माटोमा भासिँदा भएको दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटना राति ९ः१० बजे भएको हो। कलसाइन ९०१ रहेको उक्त विमानमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर गरी कुल ५६ जना सवार थिए। घाइतेहरूको अवस्था खतरामुक्त रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित