कतार सरकारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
यसैबारे परराष्ट्र मन्त्रालयले कतार सरकारको कदमप्रति आभार व्यक्त गर्दै उक्त आममाफीलाई मानवीय दृष्टिकोणका साथै नेपाल–कतारबीचको मित्रता, द्विपक्षीय सम्बन्ध र सौहार्दताको गहिरो संकेतको रूपमा लिएको जनाएको छ।
मन्त्रालयले यस किसिमको उदार कदमले दुवै देशबीचको आपसी समझदारी र सहयोग अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ।







Discussion about this post