नयाँ वर्षको उत्सवका क्रममा विस्फोट, कम्तीमा १० जनाको मृत्यु

नयाँ वर्षको उत्सव मनाइरहेका बेला बिहीबार स्विट्जरल्यान्डको प्रसिद्ध अल्पाइन स्की रिसोर्ट क्रान्स–मोन्टानामा विस्फोट भएको छ। स्काई न्यूजको रिपोर्टअनुसार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब १:३० बजे विस्फोट भएको हो। नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव चलिरहेको कन्स्टेलेसन बारमा विस्फोट भएको बताइएको छ, जहाँ घटनाका बेला १०० भन्दा बढी मानिस उपस्थित थिए।

विस्फोटलगत्तै प्रहरी, दमकल तथा आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए। घाइतेहरूलाई तत्काल नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

स्विस समाचार संस्था ब्लिकका अनुसार विस्फोट र त्यसपछि लागेको आगलागी कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, विस्फोटको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सुरक्षाका दृष्टिले विस्फोट भएको स्थल र वरपरको क्षेत्रलाई सिल गरिएको छ भने सम्पूर्ण क्षेत्रलाई ‘नो फ्लाइ जोन’ घोषणा गरिएको छ। अधिकारीहरूले घटनाबारे थप विवरण संकलन भइरहेको र अनुसन्धान पूरा भएपछि आधिकारिक निष्कर्ष सार्वजनिक गरिने बताएका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित