घुस प्रकरणमा मुद्दा दायर भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
बुधबार अदालतमा उपस्थित भई बयान दिएपछि गुप्तामाथि थुनछेक बहस भएको थियो। बहसपछि विशेष अदालतले उनलाई हिरासतमा राखेर मुद्दा अघि बढाउन आदेश जारी गरेको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनामा पठाउने निर्णय गरेको भए पनि आदेशको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन।







Discussion about this post