मधेस प्रदेश सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्री थप गरेसँगै प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १२ सदस्यीय बनेको छ।
सरकार गठन भएको झन्डै एक महिनापछि गरिएको विस्तारपछि लामो समयदेखि अपूर्ण रहेको मन्त्रिपरिषद् अब पूर्ण भएको हो। नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई शपथ ग्रहण गराउनुभएको हो।
शपथ लिने मन्त्रीहरूमध्ये मनिष सुमन श्रम तथा यातायात, राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरी वन तथा वातावरण, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण तथा फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन्।
मन्त्रिपरिषद् पूर्ण भएसँगै मधेस प्रदेश सरकारको नीति कार्यान्वयन र प्रशासनिक गतिविधि थप गति लिने अपेक्षा गरिएको छ।







Discussion about this post