मधेस सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता, ६ मन्त्री थपिए

मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले करिब एक महिनापछि पूर्णता पाउने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज थप ६ जना मन्त्री नियुक्त गरिँदै छ र उनीहरूलाई आजै शपथ गराउने तयारी गरिएको छ।

नियुक्त हुने मन्त्रीहरूमा मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राजकुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्करप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ।

यससँगै मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् पूर्ण रूपमा गठन हुने भएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित