इजरायलद्वारा गाजामा कार्यरत ३७ भन्दा बढी अन्तर्राष्ट्रिय राहत संस्थाको अनुमति नवीकरण अस्वीकार

इजरायलले गाजामा काम गरिरहेका ३७ भन्दा बढी अन्तर्राष्ट्रिय राहत संस्थाको अनुमति नवीकरण नगर्ने निर्णय गरेको छ। नयाँ नियमअनुसार कर्मचारी, वित्तीय स्रोत र सञ्चालन विवरण समयमै नबुझाएको कारण ती संस्थामाथि प्रतिबन्ध लगाइएको अलजजिराले जनाएको छ।

इजरायलले केही राहतकर्मी हमाससँग सहकार्य गरेको आरोप पनि लगाएको छ। तर नर्वेजियन रिफ्युजी काउन्सिल र इन्टरनेशनल रेस्क्यु कमिटीलगायत प्रमुख संस्थाहरूले उक्त आरोप अस्वीकार गर्दै इजरायलका नियमहरू मनपरी र असुरक्षित भएको बताएका छन्।

यसबीच बेलायत, क्यानडा, फ्रान्स, जापानसहित १० देशले गाजाको मानवीय अवस्था झन् जटिल बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ती देशहरूले इजरायललाई राहत संस्थाहरूलाई निरन्तर काम गर्न दिन आग्रह गरेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित