वीरगंज – निर्वाचन आयोगले पर्सा जिल्लाका प्रतिनिधिसभा क्षेत्र नं. १ का प्रदीप यादव, क्षेत्र नं. २ का अजय चौरसिया, क्षेत्र नं. ३ का राजकुमार गुप्ता र क्षेत्र नं. ४ का जालिम मिया मन्सूरीलाई आगामी फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा उम्मेदवार बनेर तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाउने वा बुझाए पनि सार्वजनिक नगर्ने कारण उनीहरू आयोगको कालोसूचीमा परेका हुन्।
निर्वाचन आयोगका अनुसार देशभर यस्ता १ हजार ८० जना उम्मेदवार कालोसूचीमा परेका छन्। कानुनी व्यवस्था अनुसार कालोसूचीमा समावेश उम्मेदवारहरू आगामी निर्वाचनमा भाग लिन अयोग्य हुने आयोगले स्पष्ट पारेको छ।







Discussion about this post