वीरगंज , पर्सा – १५
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य खगेन्द्र कर्णले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा नाम पारेसँगै कांग्रेसबाट अलग्गिएको घोषणा गरेका छन् ।
रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मधेसी पुरुषतर्फ दोस्रो नम्बरमा कर्णको नाम परेको जानकारी प्राप्त भएपछि उनले मंगलबार पार्टीबाट छुटेको सार्वजनिक घोषणा गरेका हुन्। यस सूचीमा रास्वपाको ११० सदस्यीय सूचीमा उनको क्रमांक ८९ रहेको छ ।
खगेन्द्र कर्णले रातोपाटीसँगको कुराकानीमा कांग्रेसको क्रियाकलापमा पहिलेदेखि अलग्ग रहेको तर सार्वजनिक घोषणा नगरेको बताए । रास्वपाको समानुपातिक सूचीमा नाम पर्नासाथ उनले आफ्नो निर्णय सार्वजनिक गर्न बाध्य भएको बताए ।
यो कदमले आगामी प्रतिनिधिसभा चुनावअघि मधेसमा राजनीतिक हलचल थपिएको छ र कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिलाई पनि उजागर गरेको छ ।







Discussion about this post