निर्वाचन आयोगमा हालसम्म प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ १५ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगका अनुसार यी दलहरूले तोकिएको समयसीमाभित्र समानुपातिक सूची बुझाएका हुन् ।
बन्दसूची दर्ता गर्ने दलहरूमा नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र उन्नत लोकतन्त्र पार्टी रहेका छन् ।
यसैबीच निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सहभागी हुन ५५ वटा दलले आवश्यक धरौटी रकम बुझाइसकेका छन् । आयोगले बाँकी दलहरूबाट पनि तोकिएको म्यादभित्र बन्दसूची बुझाउने प्रक्रिया जारी रहेको जनाएको छ ।







Discussion about this post