सप्तरी प्रहरीले गोप्य सूचनाको आधारमा तिलाठी कोइलाडी–४ तोपा बजार क्षेत्रमा लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भारदहबाट राजविराज जाँदै गरेको प्रदेश १–०४–००१ ज ००४५ नम्बरको कारमा सवार ३२ वर्षीय अनुरुध निरौलाको हुडीमा सेतो प्लाष्टिकका दुई पोका भित्र २०५.८ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको हो।
पक्राउ परेकामा मोरङ विराटनगर–१७ का चालक ३७ वर्षीय रजप आलम, विराटनगर–४ का निरौलासहित २१ वर्षीय निकेशकुमार शर्मा रहेका छन्। उनीहरूमाथि थप अनुसन्धानको लागि सप्तरी जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ।







Discussion about this post