अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमतिनजिक पुगेको दाबी गरेका छन । युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै ट्रम्पले वार्तालाई उत्कृष्ट भएको बताएका हुन् ।
ट्रम्पका अनुसार यूक्रेनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी करिब ९५ प्रतिशत टुंगिएको छ र हालको प्रगति कायम रहे युद्ध केही हप्तामै अन्त्य हुन सक्ने सम्भावना छ। यद्यपि, उहाँले यूक्रेनको भूमिसम्बन्धी विषय सबैभन्दा जटिल रहेको स्वीकार गरे ।
विशेषगरी डोनबास क्षेत्रमा प्रस्तावित मुक्त व्यापार क्षेत्र र भू–स्वामित्वसम्बन्धी सहमति अझै अनिर्णीत रहेको ट्रम्पको भनाइ छ । रुसको भूमिकाबारे बोल्दै उनले रुसले भविष्यमा यूक्रेनको पुनर्निर्माणमा सहयोग गर्ने दाबीसमेत गरे ।
तर भूमिसम्बन्धी विवाद र डोनबासको आर्थिक संरचनाबारे सहमति नजुट्दासम्म अन्तिम सम्झौता चुनौतीपूर्ण रहने विश्लेषकहरूले बताएका छन् ।







Discussion about this post